अर्थ संसार, काठमाडौं – एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रूपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रूपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रूपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रूपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रूपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।
यसैगरी, लघुवित्तको खुद व्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रूपैयाँ सञ्चालन नाफा गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रूपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रूपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।
त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रूपैयाँबाट बढेर २१ करोड ६ लाख रूपैयाँ पुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रूपैयाँबाट बढेर १७ करोड ५८ लाख रूपैयाँ पुगेको छ ।
एनएमबि बैंकको ८ करोड २६ लाख रूपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराब कर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झार्न सफल भएको छ ।
यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रूपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस