Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकको IPO : पुँजीको हिसावले पर्दैन, कानूनको हिसावले पर्छ - अर्थमन्त्री युवराज खतिवडा (भिडियोसहित)

अर्थ संसार

सोमबार, १३ माघ २०७६, ०५ : ५६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले वाणिज्य बैंकको साधारण शेयर (आइपिओ) निश्कासन गर्ने संकेत गरेका छन् । वाणिज्य बैंकको ५५ औं वार्षिक साधारणसभा बोल्दै अर्थमन्त्री खतिवडाले सवै बैंकलाई लागू हुने कानून वाणिज्य बैंकलाई पनि लागू हुने भन्दै आइपिओ निश्कासन गर्ने संकेत गरेका हुन् । 

अर्थमन्त्री खतिवडाले वाणिज्य बैंक कम्पनी, कानून  र बैंक तथा वित्तय संस्था ऐन अनुसार नै जाने हो त्यसो भएकोले शेयर स्वामित्व भित्र आइपिओमा निश्कासन गर्ने कि नगर्ने भन्ने विषयमा सरकारमा छलफल भैरहेको बताउँदै वाणिज्य बैंकलाई पुँजी हिसावले आइपिओ निश्कासन गर्नु पर्दैन, तर मुलुकको कानूनत सवै बैंकलाई लागू हुन्छन् , के त त्यो कानुन यस बैंकलाई लागु नहुने अवस्था सरकारले सिर्जना गर्नु पर्यो ? के भएको कानून सरकारले पालना गराउन पर्यो ? भन्र्दै यस कार्यमा सरकारले गृहकार्य गरिरहेको बताए छन् ।

हेरौं, भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको