अर्थ संसार, काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर निष्काशनका लागि आइतवार ग्लोबल आइएमई क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गर्न सम्झौता गरेको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले शेयर निष्काशन तथा प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै कम्पनीको आइपीओ जारी प्रक्रिया थप अगाडि बढेको छ । अजोडले यसअघि नै आईपीओको विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस