Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले भर्नु भयो त युनाइटेड मोदीको IPO ? आज अन्तिम दिन

सोमबार, २३ फागुन २०७३, १० : ५९ मा प्रकाशित

तपाईले भर्नु भयो त युनाइटेड मोदीको  IPO ? आज अन्तिम दिन

अर्थ संसार 
काठमाडौं–युनाइटेड मोदी हाइड्रोपावरको आईपीओ भर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजै गएर भर्नुहोस् । किन कि आज आइपीओ भर्ने अन्तिम दिन हो ।  

युनाइटेडले फागुन १९ गतेदेखि १७ लाख २५ हजार कित्ता आइपीओ बजारमा बिक्री खुला गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । 

कसलाई कति 
यस युनाइटेड कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिएको छ । 

आवेदन फाराम पाईने स्थान 

मोदीको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट लिमिटेडले गरेको छ । साधारण सेयरको बिक्री पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताले एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाट काठमाण्डौं, भिबोर क्यापिटल ललितपुर कृष्णगल्ली, गोर्खाज फाइनान्स डिल्लीबजार र यसका बौद्ध, न्युरोड, तदोबाटो, सूर्य्बिनायक, दमक, धरान, इटहरी, नारायणगढ तथा बिर्तामोड शाखाबाट दरखास्त फारम लिन र बुझाउन सक्नेछन् ।

त्यस्तै, आइसीएफसी फाइनान्स भाटभटेनी, बौद्ध, मैतिदेवी, गोंगबु, पेप्सीकोला र बनेपा शाखाबाट पनि दरखास्त लिन र बुझाउन सकिनेछ । सीबीआई क्यापिटल मार्केट डिल्लीबजार, काठमाडौं क्यापिटल मार्केट कमलादी, सिनर्जी फाइनान्स र यसमा शाखा कार्यालयहरुबाट पनि दरखास्त फारम पाइनेछ । उपत्यका बाहिर हाम्रो विकास बैंक बिदुर नुवाकोट, ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ र साझा विकास बैक धनगढी र कैलालीमा पनि आवेदन फारम पाइनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको