अर्थ संसार, काठमाडौं - वित्तीय कारोबारलाई सहज बनाउँदै लैजाने क्रममा नेपालको पहिलो बीमा कम्पनी नेपाल इस्योरेन्सले श्रीपञ्चमीको शुभ अवसर पारेर अनलाइन पेमेन्ट गेटवेहरु खुल्ला गरेको छ ।
यस सुविधाले अब बीमा शुल्क बुझाउन न त बीमा कम्पनी पुग्नुपर्छ नत लाइनमा बस्ने झन्झट नै सहनु पर्छ । अब उप्रान्त ग्राहक महानुभावहरुले IME Pay, e-Sewa र Khalti बाट सजिलै बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो सुविधाबाट ग्राहकवर्ग लाभान्वित हुने र जोखिम हस्तानतरण अझ सहज हुने विश्वास कम्पनीले लिएको छ । नगद बोकेर हिँड्दा हुने जोमिलाई पनि यो सेवाले अब हटाइदिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस