Like us!
Follow us!
Connect us!
Watch us!

दुई इन्स्योरेन्स कम्पनीको आइपिओ आउँदै, ‘ग्रेड ४ रेटिङ’

अर्थ संसार

आइतबार, १९ माघ २०७६, ०८ : ४५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -अजोड इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेका छन् । दुबै कम्पनीले आईपीओ जारी गर्नको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएका हुन् ।

यी दुई कम्पनीले जारी गर्ने आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

अजोड इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आईपीओ जारी गर्नको लागि रेटिङ गराएको हो । उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेको छ । सो अवधिमा कम्पनीको नाफा ८७ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सो अवधिमा रू।२ करोड ३१ लाख नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको गत आवको दोस्रो त्रैमासमा रू।१ करोड २३ लाख मात्र नाफा थियो ।

दोस्रो त्रैमासमा कम्पनीले रू।४ करोड ४९ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ९४ प्रतिशतले वृद्धि हो । कम्पनीको चुक्ता पूँजी रू।७० करोड छ ।

त्यसैगरी सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्नको लागि रेटिङ गराएको छ ।

कम्पनीको चुक्ता पूँजी रू। १ अर्ब ४० करोड रहेको छ । उक्त कम्पनीले भने हालसम्म पनि चालू आर्थिक वर्षको दोश्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको