अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (साेमबार) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेकाे छ ।
त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५५ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ ।
यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ७४ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस