Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

निशा हुमाँगाई

सोमबार, २० माघ २०७६, ११ : ०१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित Credit Scoring Model कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो ।

यसैगरी, सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५% को ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाडौंबाट शुभारम्भ गरिएको छ ।

यस्तै, क्रममा उक्त नयाँ एस. एम. ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा सिद्वार्थनगर उद्योग वाणिज्य संघका अधक्ष्य कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाधक्ष्य उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाधक्ष्य श्री राम चन्द्र पाण्डेको उपस्थिती रहेको थियो ।

त्यस्तै, योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले भन्नु भयो नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरूको आवश्यकताहरूलाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको हो । हामी यहाँहरूको समय र व्यवसायिक सपनाको सम्मान गर्दछाैं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटो छरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।” 

यस्तै, साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र UKaid Sakchyam Access to Finance मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरूप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।

त्यसैगरी, Credit Scoring विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रू. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निशुल्क कारोबार सूचना,निशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा १४३ ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू छन् । साथसाथै बैंकले देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको