Like us!
Follow us!
Connect us!
Watch us!

डोटी र डडेल्धुरमा पनि फागुनदेखि स्वास्थ्य बीमा

अर्थ संसार

मंगलबार, २१ माघ २०७६, ०८ : ४० मा प्रकाशित

डोटी र डडेल्धुरमा पनि फागुनदेखि स्वास्थ्य बीमा

अर्थ संसार, कैलाली-सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक  स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो । 

डोटी र डडेल्धुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा  बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिनुभयो ।

सोमबार धनगढीमा आयोजित स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रममा उहाँले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट  कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र  सबैभन्दा कम दार्जुलामा छ हजार बीमित  रहेका छन् ।  बझाङ ३० हजार ४५०, अछाम २७ हजार, बाजुरा २६ हजार ६५०, बैतडीम १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित सङ्ख्या रहेको कार्यक्रममा जानकारी दिइयो ।

तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६/७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने  सरकारको लक्ष्य रहेको छ ।

त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पुर्याउने लक्ष्य छ । स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपाङ्गता (तो कार्ड) कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (मडिआरटिबी)बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग ९अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर० मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको