Like us!
Follow us!
Connect us!
Watch us!

भागर्व विकास बैंकको शतप्रतिशत हकप्रद बिक्री आजबाट बजारमा

मंगलबार, २४ फागुन २०७३, ११ : २३ मा प्रकाशित

भागर्व विकास बैंकको शतप्रतिशत हकप्रद बिक्री आजबाट बजारमा

अर्थ संसार 
काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने भार्गव विकास बैंकले शतप्रतिशत हकप्रद बिव्रmी तथा निष्काशन खुल्ला  गरेको छ ।

बैंकले  १०० रुपैयाँ अंकितदरको १२ लाख कित्ता हकप्रद शेयर निस्कासन गरेको हो । बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर निस्काशन समेत गरेको छ ।

हाल १२ करोड रुपैयाँ चुक्तापुँजी भएको यस बैंको हकप्रद निस्काशन पछि २४ करोड पुग्ने छ । बैंकको सेयर निस्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

यस बैंकको हकप्रद शेयर फागुन ११ गतेसम्मा लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस बैंको हकप्रद सेयर भार्गव विकास बैंको शाखा कार्यालयहरु एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी र एनएमबी बैंकको सम्पूर्ण शाख कार्यालयबाट आवेदन दिन सकिन्छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको