अर्थ संसार, काठमाडौं – बिमा समितिद्धारा मंसिर २४ गते जारी गरिएकाे “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी द्धारा संयुक्त रूपमा घुम्ति बिमा सेवा ठाकुरबाबा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ ।
ग्राहक महानुभावहरूलाई घरदैलोबाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बिमा सेवा संचालन गरिएको हाे ।
यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रममा भट्टराईले ग्राहकको चाहना बमोजिम भविष्यको लागि बचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिएका छन् ।
त्यसैगरी, घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरूमा हार्दिक अनुरोध गरेका छन् ।
यस्तै, उक्त समारोहमा प्रमुख अतिथिको आशनग्रहण गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रूपमा उपलब्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस