Like us!
Follow us!
Connect us!
Watch us!

२६.१७ प्रतिशतले बढ्याे साना किसानको नाफा, अरू सूचक के भयाे ?

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १६ : ०३ मा प्रकाशित

२६.१७ प्रतिशतले बढ्याे साना किसानको नाफा, अरू  सूचक के भयाे ?

अर्थ संसार, काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा ३० करोड १७ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २६.१७ प्रतिशत धेरै हाे । गत वर्ष संस्थाले २३ करोड ९१ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५३ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा  २१.३० प्रतिशत धेरै हो ।

यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ६० रुपैयाँ ३२ पैसा रहेको छ । त्यसैगरी, संस्थाको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८८ पैसा रहेकाे छ ।

यसैगरी, पुस मसान्तसम्ममा संस्थाले सञ्चालन नाफा १८.८० प्रतिशतले बढाएर ४४ करोड ५९ लाख ६ हजार रुपैयाँ पुर्याएकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e3fdc7500390.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको