अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार ४.२८ अंकले बढेकाे छ । कुल १७५ वटा कम्पनीको २३ लाख ६० हजार ५८४ कित्ता शेयर खरिदविक्री हुँदा ९३ करोड २० लाख ८६ हजार ५५ रुपैयाँको कारोबार भएकाे छ ।
१३२०.८० विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १३२४.२६ अंकमा आइपुगेको छ ।
साेमबार बैंकिङ ०.७९ अंक, व्यापार ८.४२ अंक, हाेटल १०.७८ अंक, विकास बैंक ५.९६ अंक, निर्जिवन लाइफ ७२.४१ अंक, उत्पादन २५.५ अंक, अन्य ५.३५ अंक र माइक्राेफाइनान्स २९.८ अंकले बढेकाे छ ।
त्यसैगरी, जलविद्युत ५.२१ अंक, फाइनान्स ०.८७ अंक, लाइफ इन्स्योरेन्स १.४८ अंक र सामूहिक लगानी कोष समूह ० अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस