Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ठूलो पहिरो, १६ अंकले घटेको बजारमा ४१ करोडको कारोबार

मंगलबार, २४ फागुन २०७३, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा ठूलो पहिरो, १६ अंकले घटेको बजारमा ४१ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– नेप्सेमा (आज) मंगलबार ठूलो पहिरो गएको छ ।  साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार मंगलबार १६.८१ अंकले घटेको छ ।

यस दिन सवै उपसमुहहरु राताम्मै भएका छन् । ४ सय ४० वटा कम्पनीको ७ लाख ९४ हजार २ सय ८९ वटा सेयर कित्ता किनबेच हुँदा ४१ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

घटेको बजारमा बैंक १९.६८ अंक, होटल ४२.४४ अंक, विकास बैंक १४.८२ अंक, हाइड्रोपवार ७.३ अंक, फाइनाइन्स ०.६३ अंक, इन्स्योरेन्स ७५.४५ अंक, उत्पादन ७.४५ अंक र अन्य २.८९ अंकले घटेको छ ।  यस दिन नयाँ नेपाल लद्युवित्त विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन् ।

त्यसै गरी आरएसडिसी लद्युवित्त विक्तिय संस्थाका लगानीकर्ताले झण्डै १० प्रतिशत र युनाइटेड फाइनाइन्सका लगानीकर्ताले आफ्नो आम्दानीको ७ प्रतिशत कमाउन सफल भएका छन् ।

यता  हिमालयन डिस्टिलेर कम्पनी, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका कम्पनीका लगानीकहरुले आफ्नो आम्दानीको केही प्रतिशत गुमाएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको