अर्थ संसार,काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले २३ करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा इन्सुरेन्सले २१ करोड २० लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको भन्दा ९.६० प्रतिशतले बढी हो ।
शिखरको बिमा कोषको आकार २२.५९ प्रतिशतले बढेर १ अर्ब १७ करोड ३४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर ३ रुपैयाँ ८५ पैसाले बढेर ४३ रुपैयाँ ९५ पैसा पुगेको छ ।
प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ १४ पैसा छ । यता, इन्सुरेन्सले ३०५ हकप्रद सेयर जारी गर्न लागेको छ । १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोडबाट अनुमति दिइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस