Like us!
Follow us!
Connect us!
Watch us!

तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने पक्का , आज शपथ ग्रहण गर्दै

सोमबार, ०५ फागुन २०७६, १२ : ४६ मा प्रकाशित

तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने पक्का , आज शपथ ग्रहण गर्दै

अर्थ संसार, काठमाण्डौं - निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।  

तुम्बाहाङ्फेले आज (सोमबार) दिउँसो साढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

त्यसैगरी, अग्नि प्रसाद सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको