Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्डमा IPO नपरेको पैसा आजदेखि फिर्ता, नबिल, माछापुच्छ्रे र एनएमबि बैंकमा खाता हुनेको खातामै जाने

विहीबार, २६ फागुन २०७३, १२ : ४९ मा प्रकाशित

फरवार्डमा IPO नपरेको पैसा आजदेखि फिर्ता, नबिल, माछापुच्छ्रे र एनएमबि बैंकमा खाता हुनेको  खातामै जाने

अर्थ संसार 
काठमाडौं– फरवार्ड कम्युनिटी माइक्रोफाइनाइन्स विक्तिय संस्थाको IPO को पैसा लगानीकर्ताल आजदेखि  फिर्ता पाएका छन्  । सेयर बाँडफाँड गरेको एक साता भित्रै रकम फिर्ता गरेको हो । 

संस्थाले शुक्रबार सेयर बाँडफाँड गरेको थियो । कम्पनीको सेयर निस्काशन तथा बिक्री नविल इन्भेष्टमेन्ट बैंकिङका अनुसार एनएमवि बैंक, नविल बैंक र माछापुच्छ्रे  बैंकमा खाता हुनेको भने बैंक खातामै नै रकम जान र यी बैंकमा खाता नहुने लगानीकर्ताले आफूले आवेदन दिएको स्थानबाट नै रकम फिर्ता पाउने छन् ।  

आइपीओमा आबेदन दिने कुल १ लाख २६ हजार ७ सय २७ आवेदक मध्ये २ हजार ६२ आवेदकको आवेदन रद्द भएको थियो । जस अनुसार १ लाख २४ हजर ७ सय २५ आवेदक मध्येबाट ३८ हजार ८ जनाले फरवार्डको कम्युनिटीको आइपीओ पाएका छन।

साना लगानीकर्ता भनिएका १ लाख ६ हजार रुपैयाँसम्मको १०६० कित्तासम्म आबेदन दिएकाले गोलाप्रथा प्रक्रियाबाट १० कित्ता सेयर पाएका छन् भने त्यो भन्दा माथि आबेदन दिएका ठुला भनिएका लगानिकर्ताले समानुपातिक प्रणालीबाट सबैले नै फरवार्डको सेयर पाएका छन। सबै भन्दा बढी पाउनेले २६ कित्ता पाएका छन।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको