Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर : काँग्रेस

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, ११ : १४ मा प्रकाशित

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर : काँग्रेस

अर्थ संसार, काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले  गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् ।

मन्त्री बास्कोटाको ७० करोड कमिसनको सेटिङ बाहिरियो (अडियोसहित) 

‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको