Like us!
Follow us!
Connect us!
Watch us!
मन्त्री बास्कोटाले ७० करोड घुष यसरी मागेका थिए (अडियोसहित)

राजीनामा दिए सञ्चारमन्त्री बास्कोटाले

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, १५ : ५६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल मन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शुरुमै  काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले मन्त्रीको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

मन्त्री बास्कोटाको ७० करोड कमिसनको सेटिङ बाहिरियो (अडियोसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको