अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजारमा जताततै चमक छाएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । बुधबार शेयर बजार ५०.९३ अंकले बढेर एक हजार ५९६.१३ मा पुगेकाे छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा ३.३० हो । यस्तै सेन्सेटिभ परिसूचक ९.४९ अङ्कले वृद्धि भई ३३६.०५ मा पुगेको छ ।
कूल १८० कम्पनीकाे ९९ लाख ६ हजार ९८९ कित्ता शेयर खरिदविक्री हुँदा ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।
बुधबार बैंकिङ ५०.४७ अंक, व्यापार ०.९५ अंक, हाेटल ७३.८८ अंक, विकास बैंक ३०.६६ अंक, जलविद्युत ५.१८ अंक, फाइनान्स ६.५३ अंक, निर्जिवन लाइफ २३३.५१ अंक, उत्पादन १४२.८ अंक, अन्य १७.५ अंक, माइक्राेफाइनान्स २७.१५ अंक, लाइफ इन्स्योरेन्स ५७१.१८ अंक र सामूहिक लगानी कोष समूह ०.३४ अंकले बढेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस