Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ निष्कासन गर्दै

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, १४ : ०३ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ निष्कासन गर्दै

अर्थ संसार, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

इन्स्योरेन्सले एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । 

यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलसँग नियुक्ती सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको