Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, ११ : १२ मा प्रकाशित

बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (साेमबार) डलरलगायत सबै विदेशी मुद्राकाे विनिमयदर बढेकाे छ । साेमबार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेकाे छ ।

त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३७७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०७ रुपैयाँ २४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ तोकिएको छ ।

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको