Like us!
Follow us!
Connect us!
Watch us!

सामसुङले ल्यायाे दुई नयाँ फोन, के-के छन् विशेषता ?

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, १६ : ३८ मा प्रकाशित

सामसुङले ल्यायाे दुई नयाँ फोन, के-के छन् विशेषता ?

अर्थ संसार,काठमाडौं – नेपाली बजारमा सामसुङ नेपालकाे दुईवटा नयाँ फोन सार्वजनिक भएको छ । नेपालकाे चर्चित मोबाइल तथा इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लस बजारमा ल्याएकाे हाे ।

उक्त फोन फाल्गुन ३० गतेदेखि बजारमा उपलब्ध हुने भएतापनि प्री-अर्डर भने खुल्ला गरिएकाे छ । प्री-अर्डर गर्ने उपभोक्ताहरूले यी स्मार्टफोन त्यस अगावै प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

यसैगरी, नेपाली बजारमा ग्यालेक्सी एस २० काे मूल्य १ लाख ७ हजार ४९९ रुपैयाँ र एस २० प्लसकाे मूल्य १ लाख १९ हजार ४९९ रुपैयाँ रहेकाे छ । यी दुवै फाेनमा ३० एक्स सम्म जुम गर्न मिल्ने र ८ के सम्मको भिडियो खिच्न सकिने लगायतका सुविधा रहेकाे छ । 

त्यसैगरी, उक्त फाेनहरूमा उत्कृष्ट फोटो खिच्नको लागि ६४ मेगापिक्सेल क्यामेरा र सेन्सर राखिएको पनि कम्पनीले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको