Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीको २ कराेड ६ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, १५ : २७ मा प्रकाशित

नेप्सेमा चार कम्पनीको २ कराेड ६ लाख कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड, सिद्दार्थ बैंक लिमिटेड, सबैकाे लघुवित्त  वित्तीय संस्था लिमिटेड र नविल बैंक लिमिटेडकाे बाेनस शेयर सूचिकृत भएको हो । चार वटा कम्पनीको गरी २ कराेड ६ लाख ३ हजार ९४६ कित्ता शेयर सूचिकृत भएको छ ।

कञ्चन डेभलपमेन्ट बैंककाे ५ लाख ३१ हजार ३०० कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

त्यस्तै, सिद्दार्थ बैंक लिमिटेडकाे ९० लाख १ हजार ६२६ दशमलव ०२ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

सबैकाे लघुवित्त  वित्तीय संस्था लिमिटेडकाे २ लाख १५ हजार ५०० कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

नविल बैंक लिमिटेडकाे १ कराेड ८ लाख ५६ हजार ५२० कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको