Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ६ प्रतिशतले घटेकाले सोमबारका लागि शेयर काराेबार बन्द

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, १३ : ५७ मा प्रकाशित

नेप्से ६ प्रतिशतले घटेकाले सोमबारका लागि शेयर काराेबार बन्द

अर्थ संसार, काठमाडौं - आज (साेमबार) का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर काराेबार बन्द गरिएकाे छ । कारोबार सुरु भएको तीन घण्टा नबित्दै नेप्से परिसूचक ६ प्रतिशतले घटेकाले आजका लागि शेयर काराेबार बन्द गरिएकाे हाे ।

स्टकका अनुसार कारोबार खुलेको २ घण्टा २९ मिनेट हुँदा अर्थात १ बजेर २९ मिनेट जाँदा नेप्से सूचक ९६.०६ अंकले घटेर १४९५.२० विन्दुमा झरेको छ । 

कारोबार सुरु भएको दोस्रो घन्टामा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि कारोबार रोक्ने चलन अनुरूप बजार स्थगित गरिएको थियाे । स्थगित गरिएको बजार खुल्ने बित्तिकै फेरि ६ प्रतिशतले घटेपछि भने दिनभरका लागि कारोबार रोकिएको हो । 

यस्ताे छ आजकाे शेयर तालिका :

5e5cc3296f2e0.jpg 5e5cc32c937d8.jpg 5e5cc32fe7508.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको