अर्थ संसार, काठमाडौं - सहयोगी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
बैंककाे फागुन १७ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १६औँ वार्षिक साधारण सभा चैत्र १० गते साेमबार होटल मानकि इन्टरनेशनल, जनकपुर, धनुषामा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।
यसैगरी, सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा विलय गर्ने सम्बन्धमा देहायका प्रस्तावहरू पारित गरिने विशेष एजेन्डा रहेकाे छ ।
त्यस्तै, बैंककाे १०० कित्ता शेयर बराबर सिटिजन्सको ९१.७५ कित्ता शेयर स्वाप रेसियो हुने प्रस्ताव पारित गरिनेछ । सिटिजन्ससँग विलय हुने भएपछि सहयोगीको कारोबार असार २३ गते देखि रोक्का गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस