Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सकाे निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, १७ : २३ मा प्रकाशित

जनरल इन्स्योरेन्सकाे निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फाल्गुुण १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ ।

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो । सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि वाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो ।

त्यस्तै, ३४ जना अभिकर्ताहरूको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्वक तालिम लिने अभिकर्ताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको