Like us!
Follow us!
Connect us!
Watch us!

साना व्यवसायको वृद्धिमा भएका अवरोध न्यूनीकरण सम्बन्धी प्रदेश स्तरीय छलफल

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, ११ : ४२ मा प्रकाशित

साना व्यवसायको वृद्धिमा भएका अवरोध न्यूनीकरण सम्बन्धी प्रदेश स्तरीय छलफल

अर्थ संसार, काठमाडाैं - बागमती प्रदेशको राजधानी हेटौडामा नेपालको साना व्यवसायको विकासमा बाधा पुर्याउने नीति र नियममा अवरोध न्यूनीकरण सम्बन्धी प्रदेश स्तरीय छलफल भएकाे छ ।

यसैगरी, छलफलमा विभिन्न प्रदेशिक मन्त्रालयका प्रतिनिधिहरू, स्थानीय सरकारका प्रतिनिधिहरू र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी रहेका थिए । कार्यक्रममा सहभागीहरूले स्थानीय व्यवसायका लागि सक्षम वातावरण बनाउने बारेमा छलफल गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री डा. अरूण प्रसाद नेपालले “सरकारको नीति र नियमहरू त्यहाँका उद्यमीहरूलाई अनुकूल व्यवसायको प्रवद्धनको लागि हो । यस्ता छलफलले हामीलाई व्यवसायको प्रवद्धनका लागि हाम्रा प्रयासहरू सुनिश्चित गर्न आवश्यक दिशा प्रदान गर्दछ” भनेका छन् ।

कार्यक्रमको सुरूमा स्थानीय वित्त विज्ञ पवन लोहानीले विद्यमान कर नियम र स्थानीय व्यवसायको दर्ताका प्रावधानहरूका सम्बन्धमा प्रस्तुति दिएका थिए । “कर भनेको सरकारले नागरिकलाई लगाएको अनिवार्य भुक्तानी हो । अर्को तर्फ, शुल्कहरू सरकारद्वारा प्रदान गरिएको सेवाको लागि जनताले गरेको स्वैच्छिक भुक्तानहरू हुन् । उनले कर दर निर्धारण गर्दा सरकारले करदाताहरूको दुवै क्षमता र क्रमशः सेवाहरू पुर्याउने कार्यलाई ध्यानमा राख्नुपर्ने बताएका छन् ।

त्यस्तै, उक्त छलफल यूके एड कोषबाट पूर्णिमा कार्यक्रमको सहयोगमा र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको साझेदारीमा नेपाल उद्योग परिसंघले आयोजना गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको