Like us!
Follow us!
Connect us!
Watch us!

लिबर्टी इनर्जीको IPO आजदेखि

अर्थ संसार

मंगलबार, २७ फागुन २०७६, ०८ : ३५ मा प्रकाशित

लिबर्टी इनर्जीको IPO आजदेखि

अर्थ संसार, काठमाडौं- लिबर्टी इनर्जी कम्पनी लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १५ लाख कित्ता साधारण शेयर २७ फागुन (आज)देखि बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजनाको अतिप्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात् ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका बाँकी वडा र बेँसीसहर नगरपालिकाको वडा नं. ११ का स्थानीयलाई छुट् याएकोमध्ये ३३.३३ प्रतिशत अर्थात् ५ लाख कित्ता निष्कासन गरेको हो ।

सिटिजन्स बैंकको ऋणपत्र बिकेन

प्रतिकित्ता सय रुपैयाँमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा ११ चैतमा र ढिलोमा २६ चैतमा हुनेछ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपिओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ ।

यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको