Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले सेयरधनीलाई  ५१ प्रतिशत मुनाफा वितरण गर्दै

मंगलबार, ०१ चैत्र २०७३, १३ : ४२ मा प्रकाशित

नेपाल टेलिकमले सेयरधनीलाई  ५१ प्रतिशत मुनाफा वितरण गर्दै

अर्थ संसार – 
काठमाडौ - नेपाल टेलिकमले आफ्नो शेयर सदस्यलाई शेयर रकममध्येबाट ५१प्रतिशतका दरले लाभांस दिने भएको छ । सोमबार कामाण्डौँमा भएको टेलिकमको नवौँ साधारण सभाले उक्त लाभास रकम स्वकृत गरेको हो । 

टेलीकमका शेयर होल्डरहरुले टेलिकमले दिने शेयर लाभास आज देखीनै पाउने छन । गत आर्थिक वर्षमा टेलिकमको खुद मुनाफा ३ अर्ब ६८ करोड गरेको छ । यस कम्पनीमा विभीन्न सरकारी निकायको करिब २ प्रतिशत शेयर रहेको छ भने बाकी शेयर  सर्वसाधार र कर्मचारीहरुको रहेको बताईएको छ । 

कम्पनीको साधारणसभाले आर्थिक बर्ष २०७२ /७३ ले लेखापरिक्षकको प्रदिवेदन समेत पास गरेको छ ।  कम्पनीका अध्यक्ष एव सुचना तथा सञ्चार सचिव महेन्द्रमान गुरुङले गत बर्षमा गतवर्ष कम्पनीको राजस्व योगदान ३.६८ प्रतिशतले बृद्धि भएको जानकारी दिए । टेलिकमको  गत बर्षहरुको तुलनामा ५ दशमलव ६५ प्रतिशतले ग्रहाकहरु   समेत बढेका छन ।  

साधारण सभामा बोल्दै अध्यक्ष गुरुङले  सेवा विस्तारलाई नाफा मुलक क्षेत्रमा मात्र नभई सामाजीक सेवामा  र दुगर्म क्षेत्रमा पनि निरन्तररुपमा सेवा प्रदान गरीने बताए । टेलीकमका सञ्चालित आयोजना तोकिएको समयमा सम्पन्न गर्ने आयोजना कार्यान्वयन अनुगमन प्रणालीलाई प्रभाबकारी बनाईने  गुरुङले बताए ।

 साथै  तोकिएको अवभीभित्र आयोजना सम्पन्न गर्ने सम्बद्ध पक्षहरुलाई पुरस्कृत गर्ने र नियतबस आयोजन ढिलाई गर्नेलाई दण्ड जरिवानागर्ने व्यवस्थामिलाईएको समेत  अध्यक्ष गुरुङले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको