Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको २५ करोडको ऋणपत्र आजबाट बिक्री खुला

अर्थ संसार

बुधबार, २८ फागुन २०७६, ०८ : ४५ मा प्रकाशित

गुडविल फाइनान्सको २५ करोडको ऋणपत्र आजबाट बिक्री खुला

अर्थ संसार, काठमाडौं- गुडविल फाइनान्स लिमिटेडको  २५ करोड रुपैयाँबराबरको ऋणपत्र  (आज) अर्थात बुधबारदेखि बिक्री खुला भएको छ ।

वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको '१२ प्रतिशत गुड्विल फाइनान्स लिमीटेड डिवेञ्चर-२०८३'का इकाइ बिक्री खुला गरिएको हो।

नशा शेयर बजारको, पेशा वकिल भएका शेयर विश्लेषक कञ्चन कृष्ण न्यौपाने भन्छन् नेप्से ३००० देखि ३५०० पुग्छ,यस्ता देख्छन आधारहरु (भिडियो अन्तरवार्ता) 

यो फाइनान्स कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २ लाख ५० हजार इकाइले हुन आउने २५ करोड रुपैयाँबराबरको ऋणपत्र निश्कासन निष्कासन गरेको हो। ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ।

समय अवधि कति ?

ऋणपत्रका इकाइहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम ५ हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्।

कहाँबाट आवेदन दिने ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्ति गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट खरिद आवेदन दिन सकिनेछ।

व्यक्तिगत तवरले १५ करोड रुपैयाँ तथा ५००० कित्ता म्युचुअल फण्डहरु समेत गरी सर्वसाधारणका लागि  १० करोड रुपैयाँबराबरको निश्कासन हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको