Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ऋणपत्रको निष्कासन तथा विक्री खुला

अर्थ संसार

आइतबार, ०२ चैत्र २०७६, १० : ०१ मा प्रकाशित

नबिल बैंकको ऋणपत्रको निष्कासन तथा विक्री खुला

अर्थ संसार, काठमाडौं– नबिल बैंक लिमिटेडको ऋणपत्रमा आज (आइतवार)देखि आवेदन दिन सकिने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

२० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा चैत ५ र ढिलोमा चैत १६ गतेसम्म रहेको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले अधिक न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएए’ ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको