Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार बजारमा हरियाली, कारोबारमा  भने गिरावट

बुधबार, ०२ चैत्र २०७३, १५ : २४ मा प्रकाशित

बुधबार बजारमा हरियाली, कारोबारमा  भने गिरावट

अर्थ संसार 

काठमाडौँ । मंगलबार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली भएको छ । साताको पहिलो कारोबारको दिन उकालो लागेको बजार मंगलबार ओरालो लागेको थियो । तर बुधबार भने उकालो लागेर नै बन्द भएको छ । 

यसदिन सेयर बजार परिसुचक (नेप्से) ९.४ अंकले उकालो लागेर १३५६.१३ अंकमा अडिएको छ । 

यसदिन बैकिङ ७.६७, होटल, १४.४, विकास बैंक,०.८८, जलबिद्युत ६२.१५, फाइनान्स ५.०३, विमा ३७.१७, उत्पादनमूलक ३.०१ र अन्य ६.०७ अंकले उकालो लागेको छ । 

यसदिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर ६ करोड ६१ लाख बराबरको भएको छ । त्यस्तै एसियन लाइफ इन्सुरेन्स, नेशनल लाइफ इन्सुरेन्स, सानिमा बैंक लगायतका कम्पनीहरुको धेरै कारोबार भएको छ । 

बुधबारको कारोबारमा सवैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, बुटवल पावर कम्पनी, अपी पावर कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै यसदिन गुमाउनेमा सेती फाइनान्स, कन्चन डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताहरु रहेका छन् । 

बुधबार दिनभर १२६ कम्पनीको ३६ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको