Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाको IPO नजिकिएसँगै क्यापिटलमा 'मेरो शेयर' सेवा लिनेको भिड

अर्थ संसार

सोमबार, ०३ चैत्र २०७६, ०८ : ०१ मा प्रकाशित

नेपाल पुनर्बीमाको IPO नजिकिएसँगै क्यापिटलमा 'मेरो शेयर' सेवा लिनेको भिड

अर्थ संसार, काठमाडौं-  रामेछाप घर भएका काठमाडौंको बानेश्वरमा वस्ने स्यामप्रसाद न्यौपाने आइतबार एनआइसी एशिया क्यापिलटमा भेटिए ।  न्यौपाने 'मेरो शेयर'  सेवाको लागि निवेदन दिन आएका हुन । न्यौपानेले आफ्ना ४ जना परिवारको लागि 'मेरो शेयर'  सेवा लिन आएको सुनाए ।

रामेछापको न्यौपाने जस्तै झापा घर भएका कृष्ण प्रसाद देवकोटा पनि हतारमा एनआइसी एशिया क्यापिटलमा थिए । अफिसको खाजा खाने समयमा  आएका देवकोटा पनि 'मेरो शेयर'  सेवाको लागि आवेदन दिन आएको सुनाए ।  न्यौपाने र देवकोटा जस्तै 'मेरो शेयर'  र डिम्याट खाता खोल्ने हिजोआज एनआइसी एशिया  क्यापिटलमा लगानीकर्ताको भिड लाग्ने गरेको छ ।  एनआइसी एशिया क्यापिटलमात्र होइन अरु सवै क्यापिटिलमा लगानीकर्ताको भिड लागेको छ ।

लगानीकर्ता क्यापिटलमा भिड लाग्नेको मुख्य कारण  एउटै हो नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) । लामो समयपछि लगानीकर्ताको पर्खाइमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आइपिओको लागि लगानीकर्ता आफ्नो मात्र नभई स- परिवारको शेयर भर्नको लागि डिम्याट खाता र 'मेरो शेयर'  सेवा लिन क्यापिटलमा भिड लागेको हो ।

भारत र चीनमा समस्या पर्दा हामीलाई कस्तो असर ? के गर्ने ? (भिडियोसहित)

हिजाआज  दैनिक ४ सयदेखि ५ सयको हारहारीमा शेयर कारोबारको लागि डिम्याट खाता र 'मेरो शेयर'  सेवा लिन ग्राहक आउने एनआइसी एशिया क्यापिटलका कर्मचारु बताउँछन् ।

एकै दिनमा लगानीकर्तालाई सवै सेवा दिने एनआइसी एशिया क्यापिटलले जनाएको छ ।पुनर्बीमा कम्पनीले चैत्र ४ गतेदेखि  जारी पुँजीको रु १० अर्बको १६ प्रतिशत ले हुन आउने पुँजी रु १ अर्ब ६० करोड रुपैयाँ बराबर  १  करोड ६० लाख कित्ता साधारण शेयर (आइपिओ)  निश्कासन हुँदैछ ।

कुल कित्तामध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई र ८ लाख  कित्ता शेयर सामुहिक लगानी कोषको लागि र १ करोड ५१  लाख २६ हजार ५ सय कित्ता सर्व साधारणको लागि छुटटाइएको ।

विक्री प्रबन्धक आरविवि मर्चेण्ड बैकिङ लिमिटेडको अनुसार   प्रतिकित्ता १ सय रुपैयाँ अंकित  दरले निश्कासन हुने आइपिओ छिटोमा चैत्र ७ गते र ढिलोमा चैत्र १८ गते रहेको छ ।

नेपाल पुनर्बीमाको १ करोड ६० लाख कित्ता IPO मंगलबारदेखि निष्कासन 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको