Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा पहिराे : ४४ अंकले घटेकाे बजारमा डेढ अर्बकाे काराेबार

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, १६ : ०६ मा प्रकाशित

शेयर बजारमा पहिराे : ४४ अंकले घटेकाे बजारमा डेढ अर्बकाे काराेबार

अर्थ संसार, काठमाडौं –  मंगलबार पनि शेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । आइतबारबाट दोश्रो बजारको समयअवधि एक घण्टा थपेर काराेबार समय दैनिक पाँच घण्टा बनाइएकाे भएपनि शेयर बजार घट्ने क्रम भने अझै राेकिएकाे छैन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.३३ अंकले घटेकाे छ ।मंगलबार शेयर बजार ४४.३३ अंकले घटेर एक हजार २७२.०६ मा पुगेकाे छ ।नेप्से ३.३७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर २७४.५९ मा पुगेको छ ।

बजारमा स्यानिटाइजरको अभाव, घरमै यसरी बनाउनुहोस स्यानिटाइजर (तरिकासहित) 

कूल १७५ कम्पनीकाे ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ११ उपसमूहको शेयर घटेकाे छ भने मात्र एक उपसमूहकाे शेयर बढेकाे छ ।

मंगलबार बैंकिङ ३३.१६ अंक, व्यापार ४९.४८ अंक, हाेटल ५३.६९ अंक, विकास बैंक ५२.६८ अंक, जलविद्युत १२.८८ अंक, फाइनान्स २१.९८ अंक, निर्जिवन लाइफ ३३८.३४ अंक, उत्पादन ११५.०८ अंक, अन्य १४.७९ अंक, माइक्राेफाइनान्स ९३.६६ अंक र लाइफ इन्स्योरेन्स ४२६.४८ अंकले घटेकाे छ ।

त्यस्तै, यता सामूहिक लगानी कोष समूह भने ०.०४ अंकले बढेकाे छ ।

           हेराैं आजकाे शेयर तालिका :

5e70aa0f1c20b.jpg 5e70aa17abc3d.jpg 5e70aa1c94cc2.jpg 5e70aa223eee1.jpg 5e70aa282837e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको