Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा फर्कियाे हरियाली : १३.५० अंकले बढेकाे बजारमा १ अर्ब ९० करोड काराेबार

निशा हुमाँगाई

विहीबार, ०६ चैत्र २०७६, १५ : ५७ मा प्रकाशित

शेयर बजारमा फर्कियाे हरियाली : १३.५० अंकले बढेकाे बजारमा १ अर्ब ९० करोड काराेबार

अर्थ संसार, काठमाडौं – लामाे समयदेखि लगातार ओरालाे झरिरहेकाे शेयर बजारले आज (बिहीबार) भने उकालाे यात्रा तय गरेकाे छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १३.५० अंकले बढेर एक हजार २६९.३० मा पुगेकाे छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा १.०८ हो । यस्तै, सेन्सेटिभ परिसूचक २.०३ अंकले बढेर २७३.८२ मा पुगेको छ ।

कूल १७३ कम्पनीकाे ५१ लाख ०६ हजार ६८१ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपैयाँको कारोबार भएकाे छ । 

नयाँ गभर्नरका ४ प्रमुख जिम्मेवारी - पूर्व गर्भनर हिमालय शमशेर राणा

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सात उपसमूहको शेयर बढेकाे छ भने पाँच उपसमूहकाे शेयर घटेकाे छ ।

बिहीबार बैंकिङ १३.६५ अंक, जलविद्युत ९.१६ अंक, निर्जिवन लाइफ ७७.३२ अंक, अन्य ५.६५ अंक, माइक्राेफाइनान्स २०.५९ अंक, लाइफ इन्स्योरेन्स १४०.५ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेकाे छ ।

त्यसैगरी, व्यापार १.३६ अंक, हाेटल ४.८१ अंक, विकास बैंक ३.२७ अंक, फाइनान्स ६.५४ अंक र उत्पादन २.२ अंकले घटेकाे छ ।

      हेराैं आजकाे शेयर तालिका :

5e734b384cb79.jpg 5e734b3b94c2f.jpg 5e734b4019517.jpg 5e734b44a4b39.jpg 5e734b4909f80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको