Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार बन्द हुँदैन-भीष्मराज ढुंगाना

अर्थ संसार

विहीबार, ०६ चैत्र २०७६, १७ : ४६ मा प्रकाशित

शेयर बजार बन्द हुँदैन-भीष्मराज ढुंगाना

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानाले दोस्रो शेयर बजार बन्द नहुने बताएका छन् । ‘अर्थमन्त्रालयको शेयर बजार बन्द गर्ने निर्णय गरेको छैन’–अध्यक्ष ढुंगानाले अर्थ संसार डट कमलाई भने–‘कोरोनाको त्राससँगै शेयर बजार बन्द गर्ने कि भनेर शेयर बजारका सम्बन्धित साथिहरुसँग छलफल मात्रै भएको हो ।अहिले नै निर्णय भने भएको छैन’ कोरोनाको त्राससँगै अर्थमन्त्रालयले निर्णय गर्यो भने शेयर बजार बन्द हुने अध्यक्ष ढुंगानाले सुनाए । 

यता, बिहीबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), लगानीकर्ताका ५ वटै संगठन, ब्रोकर एसोसिएसनको संयुक्त छलफलबाट आइतबारदेखि एक हप्ता शेयर बजार बन्द गर्ने निर्णय भएको  नेपाल पुँजी बजार लगानीकर्ता संघीकी अध्यक्ष राधा पोखरेलले बताईन् ।

बैंकमा पैसा राख्नु भन्दा शेयर बजारमा पैसा लगानी गर्दा प्रतिफल राम्रो हुने सम्भावना बढी छ : भिष्मराज ढुंगाना-अध्यक्ष, धितोपत्र बोर्ड (भिडियो अन्तरवार्ता) 

बोर्डलाई एक हप्तासम्म मात्र कारोबार रोक्ने अधिकार रहेको हुनाले एक हप्ता पश्चात अर्थमन्त्रालयको स्वीकृति लिएर चैत्र मसान्त सम्मका लागि कारोबार रोक्ने आधिकारिक निर्णय गरिनेछ ।  सरकारले २५ जना भन्दा धेरै एकै ठाँउमा भेला नहुन निर्देशन दिए पश्चात शेयर लगानीकर्ताहरूले कारोबार बन्द गर्न बोर्डलाई आग्रह गरेका हुन् ।

त्यस्तै, बिहीबारबाट नै शेयर ब्रोकर कार्यालयमा रहने शेयर कारोबार सम्बन्धी डिस–प्ले बन्द गरिने संयुक्त छलफलमा सहमति भएको थियो ।त्यसैगरी, ५ जनाभन्दा बढीलाई ब्रोकर कार्यालयमा एकसाथ प्रवेश गर्न नदिने, अनिवार्य रूपमा मास्क लगाएर मात्र जानुपर्ने लगायतका व्यवस्था समेत गरिएको छ ।

नयाँ गभर्नरका ४ प्रमुख जिम्मेवारी - पूर्व गर्भनर हिमालय शमशेर राणा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको