Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीको IPO मा पर्यो माग भन्दा २ करोड २९ लाख बढी कित्ता आवेदन, शुक्रबार अन्तिम दिन

अर्थ संसार

विहीबार, ०६ चैत्र २०७६, १८ : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा मागभन्दा धेरै आवेदन परेको छ ।निष्कासन गरिएको तेस्रो  दिन आज बिहीबार ५ बजेसम्म ३ करोड ८९ लाख ६ हजार ७१० कित्ताको लागि  आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । शेयरधनीको पर्खाई र रोजाइमा रहेको यस कम्पनीको आइपिओमा २ लाख ९३ हजार २५९ जना आवेदकले आवेदन दिएका छन् ।

कम्पनीले  चैत्र ४ गतेदेखि १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको हो ।  कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको IPO बिक्री खुल्ला, यस्ता छन् प्रक्रीया

आवेदन खुलाएको तेस्रो दिनमै माग भन्दा २ करोड २९ लाख ६ हजार ७१० कित्ता बढी आवेदन परेकोछ  । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गरेको उक्त साधारण शेयरलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । चैत्र ७ गते आवेदन दिने अन्तिम दिन रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको