अर्थ संसार, काठमाडौं – आजदेखि शेयर बजार बन्द भएको छ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमा मुलुकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएसँगै आइतबार अर्थात आजबाट शेयर कारोबार पनि बन्द हुने भएको हो ।
राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूचीमा शेयर बजार नपरेकाले शेयर कारोबार बन्द हुने निश्चित भएको छ ।
बजारमा स्यानिटाइजरको अभाव, घरमै यसरी बनाउनुहोस स्यानिटाइजर (तरिकासहित)
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
यसअघि नै लगानीकर्ताहरुले शेयर कारोबार बन्द गर्न धितोपत्र बोर्डसँग आग्रह गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस