Like us!
Follow us!
Connect us!
Watch us!

आउँदाे मंगलबारबाट खुल्दै शेयर बजार

निशा हुमाँगाई

विहीबार, १३ चैत्र २०७६, १३ : २७ मा प्रकाशित

आउँदाे मंगलबारबाट खुल्दै शेयर बजार

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार सम्बाेधनमा मुलुकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएसँगै नेपाल धितोपत्र बोर्डले ५ दिनका लागि शेयर बजार बन्द गर्ने आदेश दिएकाे थियाे ।

आगामी सोमबारबाट उक्त पाँच दिनको समय सकिने भएकोले परिस्थिति अहिलेकै अवस्थामा रहने हो र सरकारले अर्को कुनै निर्णय नगर्ने हो भने आउँदाे मंगलबारबाट शेयर कारोबार खुल्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । 

अर्थमन्त्री संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरु खुलाउने निर्णय गरेपछि नियामक निकाय बजार सञ्चालकहरु बीच छलफल भएको थियाे । 

धितोपत्र बोर्ड, बिमा समिति, लगायतका निकायले न्युनतम समय भए पनि कार्यालय खोलेर अत्यावश्यक कार्य पर्दा काम नरोक्न निर्देशन आएको गिरीले जानकारी दिएका छन् । 

त्यसैगरी, शेयर काराेबार खुल्ने निर्णय भएसँगै यता लगानीकर्ताहरूले भने चर्काे विराेध गरिरहेका छन् । सरकारले लकडाउन गरिरहँदा शेयर काराेबार खुलाउनुकाे भित्री रहस्य के हाे जस्ता कुराहरू समेटेर सामाजिक सञ्जालहरूमा उनीहरूकाे चर्काे विराेध देख्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको