Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे अब चार गुणा सशक्त

निशा हुमाँगाई

शुक्रबार, १४ चैत्र २०७६, १६ : ३६ मा प्रकाशित

आइएमई पे अब चार गुणा सशक्त

अर्थ संसार, काठमाडौं - आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप – ‘आइएमई पे’ मार्फत ‘चार गुणा सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ ।

हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू प्रस्तुत गरिएको छः– 

वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा :

आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरूले यो योजना अनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रूपमा भुक्तानी हुने गरि ४ प्रतिशत व्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरूले वालेटमा १ हजार रूपैयाँको न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । अब सेवाग्राहीहरूले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स (Remittance) थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरूबाट पनि वालेटमा रकम राख्न सकिन्छ ।

यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरूबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे  वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरूले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् । 

टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा :

यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यासब्याक प्रदान गर्ने छ हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् । 

५०० रिवार्ड पोइन्टस्को सुविधा :

यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरू कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा :

हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्राहीहरूको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुँदै गएपछि नगदको आवश्यकता परेमा देशभरीका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरूको आवश्यकता पुरा गर्न सहयोग हुनेछ । 

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आईएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको