Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगरसामु सुदूरपश्चिमको १४८ रनको चुनौति

अर्थ संसार

शनिबार, २० मंसिर २०८२, १२ : १९ मा प्रकाशित

विराटनगरसामु सुदूरपश्चिमको १४८ रनको चुनौति

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो । 

सुदूरपश्चिमका लागि आरिफ शेखले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै इसान पाण्डेले ३८ रन बनाए भने जोस ब्राउनले २४ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरिले पनि टोलिका लगि १९ रनको योगदान दिए । 

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै प्रतिश जिसीले २ विकेट लिए भने वासिर अहमदले एक विकेट लिए । प्लेअफमा पुगिसकेका दुवै टोलिका लागि यो प्लेअफ अघिको तयारीको मौकाका रुमपा रहेछ । विराटनगर आजको खेलमा जित निकाल्दै पहिलो क्लोलिफायर खेल्ने योजनामा रहेको छ भने सुदूरपश्चम पनि आफ्नो अपराजित यात्रालाई जारी राख्ने योजनामा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको