Like us!
Follow us!
Connect us!
Watch us!

उडान रद्दले हजारौं अलपत्र, इन्डिगो प्रमुखको सार्वजनिक क्षमायाचना

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०८२, २१ : ०० मा प्रकाशित

उडान रद्दले हजारौं अलपत्र, इन्डिगो प्रमुखको सार्वजनिक क्षमायाचना

भारतको सबैभन्दा ठूलो निजी उडान सेवा प्रदायक इन्डिगो ले पछिल्ला केही दिनदेखि देखिएको उथलपुथलका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्सले यात्रुहरुप्रति औपचारिक माफी मागेका छन्। लगातार पाँच दिनदेखि जारी उडान स्थगन तथा रोकिने घटनाका कारण हजारौं यात्रु विभिन्न विमानस्थलमा अलपत्र पर्दै आएका छन्।

समाजिक सञ्जालमा प्रसारित भिडियोमार्फत बोल्दै एल्बर्सले डिसेम्बर १० देखि १५ बीचमा उडान सेवा क्रमशः सामान्य अवस्थामा फर्किने दाबी गरेका छन्। भोलिदिनका लागि तोकिएको उडानमध्य करिब हजारभन्दा कम मात्र रद्द हुने अनुमान गरिएको कम्पनीले जनाएको छ।

लगातार केही दिनको उथलपुथल

डिसेम्बर २ का दिन दिल्ली, कोलकाता र मुम्बईमा गरिएको उडान ढिलाइसँगै सुरु भएको समस्या क्रमशः चुलिँदै चार दिनमै ठूलो संकटमा परिणत भयो।

  • डिसेम्बर ३: इन्डिगो, एयर इण्डिया र स्पाइसजेटका उडान चेक–इन प्रणालीमा देखिएको प्राविधिक समस्या कारण ठूला शहरका उडानहरू एकैसाथ ढिलाइ भए। मात्र इन्डिगोले बेंगलुरुबाट ४२ र मुम्बईबाट ३२ उडान रद्द गर्नुपरेको थियो।

  • डिसेम्बर ४: मौसम, भीडभाड र प्राविधिक व्यवस्थापन गडबडीका कारण प्रमुख महानगरका विमानस्थलमा अव्यवस्था कायमै रह्यो। हैदरावाद जाने दुई इन्डिगो उडानले बमसम्बन्धी चेतावनी समेत पाएपछि तनाव झनै बढेको थियो।

  • डिसेम्बर ५: इन्डिगो संकट संसदसम्म पुगेको छ। कांग्रेसका सांसद प्रमोद तिवारीले एकाधिकारकै कारण यस्तो अव्यवस्था निम्तिएको आरोप लगाउँदै तत्काल व्यवस्थापन सुधार गर्न सरकारलाई माग गरे।

सरकारले घटनाबारे छानबिन गर्न डि.जि.सि.ए. अन्तर्गत चार सदस्यीय समिति गठन गरेको छ। यसै दिन डि.जि.सि.ए. ले केही दिनअघि लागू गरिएको पाइलटको नयाँ साप्ताहिक विश्रान्ति (FDTL) नीति पनि फिर्ता लिएको छ।

सेयरमूल्यमा असर

इन्डिगोकी मूल कम्पनी इन्टरग्लोब एभिएसन का सेयर पछिल्ला चार दिनमा ७ प्रतिशतभन्दा बढी घटेका छन्। शुक्रबार सेयर १.२२% झर्दै ५,३७१ रुपैयाँमा बन्द भएको छ।

कम्पनीले प्रभावित यात्रुहरूलाई रकम स्वचालित रूपमा फिर्ता गरिने र डिसेम्बर ५ देखि १५ बीचका टिकटहरू रद्द वा पुनःतालिका बनाउन शुल्क नलाग्ने जनाएको छ।

समस्या कसरी सुरु भयो ?

इन्डिगोका अनुसार अप्रत्याशित रूपमा थुप्रै चुनौतीहरू एकैसाथ देखा परे—

  • शीतकालीन मौसमका कारण उडान तालिका पुनर्संयोजन

  • प्राविधिक समस्या

  • हवाई यातायातमा बढ्दो भीड

  • नयाँ पाइलट ड्यूटी–सम्बन्धी नियम (FDTL) लागू हुँदा उत्पन्न जनशक्ति व्यवस्थापन गडबडी

यी सबैले संयुक्त रूपमा उडान सुरक्षाबाट सेवा अव्यवस्था सम्म प्रभाव पारेको कम्पनीको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको