पाँचथर पावर कम्पनी लिमिटेडको साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १३ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीको उक्त साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित होटले इम्पेरियलमा बिहान ११ बजे सुरु हुनेछ । यो कम्पनीको १० औँ वार्षिक साधारणसभा हो । आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि वार्षिक साधारणसभाका लागि तय गरिएका छन् । बैठकले साधारणसभा प्रयोजनार्थ पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस