नेपाल फाइनान्स लिमिटेडको २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थाप सेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो ।
विद्यमान सेयरधनीहरुलाई प्राथकिकता दिएर ३५ दिनको सूचना जारी गर्दा पनि संस्थापक सेयरधनीबाट आवेदन नआएपछि आम रुपमा सबैले आवेदन दिन पाउने गरि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न चाहाने सेयरधनीहरुले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आइपुग्ने गरि आवेदन दिनु पर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस