Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविरा, विराटनगर ६ विकेटले विजयी

अर्थ संसार

शनिबार, २० मंसिर २०८२, १४ : ०० मा प्रकाशित

एनपिएल क्रिकेट : सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविरा, विराटनगर ६ विकेटले विजयी

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । अघिल्ला ६ खेलमा जित निकालेको सुदूरपश्चिम आज भएको खेलमा विराटनगर किङ्ससँग पराजित भएको हो । 

विरानगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा जम्मा ४ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि साम हिजलेटले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै फाफ डु प्लेसिसले पनि अर्धशतकीय पारी खेल्दै ५० रनको योगदान दिए । त्यस्तै मार्टिन गुप्टीलले पनि २२ रनको योगदान दिए । सुदूरपश्चिमका लागि अभिनास बोहोरोले २ विकेट लिए भने हर्मित सिंहले एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै इसान पाण्डेले ३८ रन बनाए भने जोस ब्राउनले २४ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरिले पनि टोलिका लगि १९ रनको योगदान दिए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै प्रतिश जिसीले २ विकेट लिए भने वासिर अहमदले एक विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको