अर्थ संसार
काठमाडौं–प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि आगामी कात्तिक १२ गते हुने साधारणसभामा लैजाँदै छ ।
प्रभुले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका कात्तिक २ गते बन्द गर्ने भएको छ । प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्ष १४ करोड ८६ लाख नाफा गरेको थियो । इन्स्योरेन्सको चुक्ता पूँजी ३२ करोड ९० लाख रुपैयाँ छ । बोनस र हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ७३ लाख पुग्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस