Like us!
Follow us!
Connect us!
Watch us!

रिज इनर्जीको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, ०९ : ३९ मा प्रकाशित

रिज इनर्जीको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर हात पारेका छन् । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।

प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाईट  https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र  सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको