Like us!
Follow us!
Connect us!
Watch us!

नेपालकै अग्रणी उद्योग श्री स्टील्सद्वारा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, १० : २० मा प्रकाशित

नेपालकै अग्रणी उद्योग श्री स्टील्सद्वारा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

नेपालमा स्टील उत्पादन क्षेत्रमा स्थापित नामका रूपमा परिचित श्री स्टील्सले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत बराबर ३३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त सेयरमा कुनै प्रिमियम नलाग्ने कम्पनीले जनाएको छ । यससँगै लगानीकर्ताले आधार मूल्यमा नै कम्पनीको स्वामित्वमा सहभागी हुने अवसर पाउनेछन् ।

पूर्ण स्वचालित प्रविधिमा सञ्चालनमा रहेको श्री स्टील्स टीएमटी रिबार उत्पादनमा विशेषज्ञता राख्ने उद्योग हो । संरचनाको मजबुती अभिवृद्धि गर्ने र भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने विशेषतासहितका टीएमटी रिबार उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । नेपालमा सिक्स स्ट्यान्ड ब्लक मिलसम्बन्धी अत्याधुनिक जापानी प्रविधि प्रयोग गर्ने पहिलो ब्रान्डका रूपमा श्री स्टील्स चिनिन्छ ।

आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २०२६ फेब्रुअरी २६ मा आयोजित कार्यक्रममा श्री स्टील्सका निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उद्योग क्षेत्रमै सुदृढ ब्रान्ड पहिचान बनाएको श्री स्टील्सको सार्वजनिक निष्कासनले उत्पादनमूलक क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ । 

69a120b02b413.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको