Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, १० : ३८ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । 

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते अनुमति दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको